images
images
  • आजीवन जेल सजाय पाएका ४ जना कैदी अझैँ फरार

    काठमाडौं– सुन्धारास्थित केन्द्रीय कारागारबाट आजीवन कैद सजाय भोगिरहेकी सपना तामाङ फरार भएपछि कारागार सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।

    उनलाई २४ घण्टाभित्रै पक्राउ गरिए पनि हालसम्म आजीवन कैद सजाय पाएका चार कैदी भने फरार नै छन् ।

    कारागार प्रशासनका अनुसार महेन्द्र एसके, अशोककुमार झा, लक्ष्मीनारायण केसी र हरेन्द्रकुमार कुसवाह भदौ २४ को जेनजी प्रदर्शनका क्रममा भागेका थिए ।

    उनीहरू हत्या, अपहरण, बलात्कारजस्ता क्रूरतापूर्ण अपराधमा दोषी ठहर भएका व्यक्ति हुन् ।

    हाल सुन्धारा कारागारमा आजीवन कैद सजाय पाएका १३ जना बन्दी छन् ।

    उनीहरूमध्ये धेरैले निर्मम हत्या, अपहरण तथा बलात्कारपछि हत्या जस्ता गम्भीर अपराध गरेका छन् ।

    प्रशासनका अनुसार यस्ता कैदीहरूको मानसिक अवस्था अस्थिर हुने भएकाले अन्य कैदी र सुरक्षाकर्मीसमेत त्रासमा बस्ने गरेका छन् ।

    मुलुकी अपराध संहिता–२०७४ अनुसार क्रूरतापूर्ण हत्या, अपहरणपछि हत्या, बलात्कारपछि हत्या लगायत ६ प्रकारका जघन्य अपराधमा अदालतले मृत्युसम्म जेल बस्नुपर्ने गरी आजीवन कैद सजाय सुनाउन सक्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images