काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी हुन सकेनन् ।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनलाई हिजोदेखि नै अस्वस्थता महसुस भएको थियो ।
राति ज्वरो आएपछि चिकित्सकहरूले आराम गर्न सुझाव दिएका कारण उनी निवासमै आराम गरिरहेका छन् ।
‘उहाँलाई हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आएको थियो । डाक्टरहरूले आराम गर्न सल्लाह दिनुभएकाले आज कतै जानुभएको छैन,’ आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















