images
images
  • नेजाको अध्यक्ष पदमा बिकासराज न्यौपाने निर्वाचित

    काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्ष पदमा बिकासराज न्यौपाने निर्वाचित भएका छन् । नेजाको सातौँ अधिवेशन तथा १४ औ साधारण सभाले बिकास राज न्यौपानेलाई २०२१/२०२३ अवधिको लागि निर्वाचित गरेको छ ।

    अध्यक्ष पदमा प्रारम्भमा बिकास राज न्यौपाने, गोकुल ढकाल ,किरण मरहठ्ठा, निदेश अधिकारी ,अनुज थापा तथा विष्णुहरी घिमिरे सहित ६ जनाले उम्मेदवारी दिएका थिए ।

    उनले ३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । अन्तिम अवस्थासम्म पनि सहमति बनाउन प्रयास गरिएता पनि सहमति हुन् नसकेपछि निर्वाचन माध्यमद्वारा न्यौपाने, गोकुल ढकाल र अनुज थापा निर्वाचित भएका हुन् ।

    अध्यक्ष पदमा उम्मेदवारी दिने मध्ये सबैभन्दा पहिले निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए ।

    यसै गरि किरण मरहठ्ठा त्यस पछि बिष्णुहरि घिमिरेले अन्तिममा उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदको चुनावी प्रक्रियामा ३ जना मात्र उम्मेदवार बीच प्रतिस्पर्धा भएको थियो ।

    अन्तिम समयमा पनि अध्यक्ष पदका प्रत्यासीहरु बिकास राज न्यौपाने,गोकुल ढकाल तथा अनुज थापाबीच सहमति गर्नको लागि छलफल र कुराकानी भएको थियो । सहमति नपुगेपछि चुनावमा जानु परेको थियो ।

    आज सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदमा प्रभात भट्टराई तथा सचिवमा कल्पना घिमिरे निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानियाँ र ज्ञान शर्मा निर्विरोध निर्वाचित भएका छन ।

    यसैगरी क्षेत्रीय संयोजकहरूमा शिव नेपाल (पश्चिम) बिराज भण्डारी (पश्चिम) ,लीला देवी ओझा (डिसी क्षेत्र),गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सृजन पण्डित ९दक्षिण०बाट निर्विरोध निर्वाचित भएका छन् ।

    जुलाई २५ आइतबारका दिन सम्पन्न भएको निर्वाचनमा उपाध्यक्ष पदमा मच्छे देवी गुरुङ विजयी भएकी छिन उनले ६० मत प्राप्त गरेकी छिन् । महासचिव पदमा सुरज भण्डारीले ४१ मत प्राप्त गरि विजयी भएका छन् । निर्वाचन समितिले जारी गरेको मतदाता सूचीमा १४५ जना रहेका थिए । आज सम्पन्न निर्वाचनमा ८१ मत खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images