काठमाडौं– इजरायलमा केयरगिभरका लागि २ हजार ३ सय नेपाली श्रमिकको माग खुला गरिएको छ ।
वैदेशिक रोजगार विभागले नेपाल–इजरायल श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न आवेदन मागेको हो ।
कुल कोटामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषका लागि छुट्याइएको छ ।
छनोट भएका कामदारले मासिक ६ हजार ४ सय ४३.८५ इजरायली सेकेल (करिब ३ लाख ४७ हजार रुपैयाँ) तलब पाउनेछन् ।
साथै ओभरटाइम, बिदा, खाना र बसोबास सुविधा पनि उपलब्ध हुनेछ ।
२५ देखि ४५ वर्ष उमेर समूहका योग्य नेपाली नागरिकले २०८३ असार १७ गते बेलुका ५ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने विभागले जनाएको छ ।
छनोट प्रक्रिया गोलाप्रथामार्फत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्























