images
images
  • हिरासतमा अतिरिक्त सुविधा दिएको आरोपपछि एसएसपी बोगटी छानबिनमा

    काठमाडौं– बैंकिङ कसुर, बीमा तथा सेयरको भित्री कारोबारसँगै सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्ट र सुलभ अग्रवाललाई हिरासतमै मोबाइल प्रयोग गर्न दिएको आरोपपछि ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटी छानबिनको दायरामा तानिएका छन् ।

    प्राप्त सूचनाअनुसार हिरासतमा रहेका दुवै व्यक्तिलाई एसएसपी बोगटीको निर्देशनमा अवैध तथा अतिरिक्त सुविधा उपलब्ध गराइएको आशंकापछि उपत्यका प्रहरी कार्यालयले डीआईजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

    सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानका क्रममा ललितपुर प्रहरी परिसरको हिरासतमा रहेका भट्ट र अग्रवालले मोबाइल प्रयोग गरेको विषय सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै यसबारे चासो बढेको छ ।

    छानबिन समितिले हिरासत व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा प्रहरी आचरणसम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images