images
images
  • टोकियो ओलम्पिक : विश्वकै नम्बर १ टेनिस स्टार एस्ले बार्टी पहिलो खेलमै पराजित

    • images
    • १० श्रावण २०७८

    काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत महिला एकल टेनिसमा विश्वकै नम्बर १ अस्ट्रेलियन स्टार एस्ले बार्टी पहिलो खेलमै पराजित भएकी छन् ।

    बार्टीे आइतबार बिहान एरिअके टेनिस कोर्टमा स्पेनिस खेलाडी सारा सोरिबेससँग २-० को सोझो सेटमा पराजित भएकी हुन् ।

    साराले पहिलो सेट ६-४ र दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारिन् ।

    आइतबार नै भएको अर्को खेलमा जापनिज टेनिस स्टार नाओमी ओसाकाले चाइनिज खेलाडी साइसाई झाङ्गलाई २(० सोझो सेटमा पराजित गरिन् ।

    ओसाकाले पहिलो सेटमा ६-१ र दोस्रो सेटमा ६-४ को जित हात पारिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images