काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको एसईई नतिजा सार्वजनिक गर्न प्राविधिक परीक्षण सुरु गरेको छ ।
परीक्षण सफल भए आज साँझै, नभए भोलिसम्म नतिजा प्रकाशित हुने बोर्डले जनाएको छ ।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार हाल डेमो परीक्षण भइरहेको छ र सानो प्राविधिक समस्या आए नतिजा प्रकाशन केही समय रोक्नुपर्ने हुन सक्छ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















