काठमाडौं– सर्वोच्च अदालतले विश्वविद्यालयबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विभिन्न आठ विद्यार्थी संगठनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अर्को आदेश नभएसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाउनुका साथै सरकारसँग लिखित जवाफ पनि माग गरेको छ ।
अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायत संगठनहरूले अध्यादेशमार्फत गरिएको स्ववियु खारेजीविरुद्ध रिट दायर गरेका थिए ।
उनीहरूले संगठन स्वतन्त्रता र लोकतान्त्रिक अधिकार हनन भएको जिकिर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















