images
images
  • स्मार्ट प्रकरण : पूर्वमन्त्री एवं रास्वपा सांसद जगदीश खरेलले खोले मुख

    काठमाडौं– पूर्वसञ्चारमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफूलाई जोडिएकोप्रति आपत्ति जनाएका छन् ।

    संसद् बैठकमा बोल्दै उनले कम्पनीसँग कुनै बैठक नै नगरेको दाबी गरे ।

    खरेलले आफू स्विट्जरल्यान्डमा एक कार्यक्रमको स्पिकरका रूपमा सहभागी भई आज मात्र काठमाडौं फर्किएको बताए ।

    तर, एक दैनिक पत्रिकाले आफूलाई ‘भागेको’ भन्दै समाचार प्रकाशित गरेकोप्रति उनले कडा आपत्ति जनाए ।

    उनले स्मार्ट टेलिकम प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीति छोड्ने चेतावनीसमेत दिए ।

    साथै, आरोप लगाउने सञ्चारमाध्यमप्रति पनि कडा प्रश्न उठाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images