काठमाडौं– विपक्षी दलहरूले संसद् बैठक अवरोध गरेका छन् ।
दिउँसो २ बजेदेखि सुरु भएको संसद् बैठकको आरम्भमै विपक्षीले अवरोध गरेका हुन् ।
यद्यपि सभामुख डिपी अर्यालले विपक्षी दलका संसद्हरूलाई यथास्थानमा बस्न आग्रह गरेपछि बैठक अघि बढेको छ ।
केही समयअघि विपक्षी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा सांसदहरूले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्






















