images
images
  • थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

    थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा भएका छन् ।

    भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसकेका छन् ।

    दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार विहानै जेलबाट रिहा भएका हुन् ।

    उनको स्वागतका लागि बैङ्ककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर करिब ३०० समर्थक र राजनीतिक सहयोगीहरू भेला भएका थिए ।

    थाक्सिन सेतो पोलो ब्रान्डको टिसर्ट र निलो पाइन्ट लगाएर जेलबाट बाहिर निस्किँदा उनलाई परिवारिक सदस्यहरूले अँगालो हाल्दै स्वागत गरेका थिए ।

    त्यस्तै, उनको रिहाइसँगै खुशी साट्न जेलबाहिर भेला भउका समर्थकहरूले ‘वि लभ थाक्सिन’ को नारा लगाएका थिए र उनलाई रातो गुलाब उपहार दिएका थिए ।

    रिहाइपछि पहिलो पटक सार्वजनिकरूपमा देखिएका उनले सञ्चारमाध्यमसँग भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images