images
images
  • प्रम बालेन उपस्थित नभएको भन्दै कांग्रेसद्वारा सुशासन समितिको बैठक बहिष्कार

    काठमाडौं– प्रधानमन्त्री बालेन शाह लगातार दोस्रोपटक राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।

    गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीसँग सुकुमवासी बस्ती हटाउने, सुरक्षा प्रशासनलगायत विषयमा जवाफ लिनुपर्ने भए पनि उनी बैठकमा नआएको कांग्रेसको आरोप छ ।

    सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहितका सांसदहरू उपस्थित भएनन् ।

    आङ्देम्बेले प्रधानमन्त्री बिना बैठकको औचित्य नभएको भन्दै अनुपस्थित भएको बताए ।

    उनले प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन बारम्बार आग्रह गरिएको र जवाफ नआए बैठकमा सहभागी नहुने अडान दोहोर्‍याए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images