images
images
  • एसईई रिजल्ट मंगलबार सार्वजनिक हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

    बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार सबै प्राविधिक र प्रशासनिक तयारी पूरा भइसकेको छ र कुनै समस्या नआए दुई दिनभित्र नतिजा प्रकाशित हुनेछ ।

    यस वर्षको एसईई परीक्षा चैत दोस्रो सातादेखि सञ्चालन भएको थियो भने करिब एक महिनामै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो ।

    परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए ।

    तीमध्ये ४ लाख ४१ हजार ५ सय ६६ नियमिततर्फ र ७० हजार ८ सय ५५ ग्रेड वृद्धितर्फका परीक्षार्थी थिए ।

    लैंगिक तथ्याङ्कअनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र अन्य ७ जना परीक्षामा सहभागी भएका थिए ।

    यस वर्ष देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

    साथै, जापानको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थी पनि सहभागी भएका थिए ।

    उत्तरपुस्तिका जाँच यसपटक सम्बन्धित परीक्षा केन्द्रमै गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images