काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिनेछ ।
परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले कुनै प्राविधिक समस्या नआए अबको चार दिनभित्र, अर्थात् बैशाख महिनाभित्रै नतिजा सार्वजनिक गरिने बताए ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए ।
तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















