काठमाडौं– साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेर २७४५ अंकमा पुगेको छ ।
यो साताकै उच्च बिन्दु हो ।
बिहीबार पनि बजार ६.९४ अंकले बढेको थियो ।
कारोबार रकम पनि बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन २ अर्ब ९३ करोडको कारोबार भएको थियो ।
आज २३५ कम्पनीको शेयर मूल्य बढ्दा २६ कम्पनी घटेका छन् भने ८ कम्पनी स्थिर रहे ।
बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावरलगायत अधिकांश समूहका सूचक बढेका छन् ।
त्रिशूली जलविद्युत्को शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो ।
होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो र पियोर इनर्जी पनि उच्च बढ्ने कम्पनीमा रहे ।
यता, स्वाबलम्बन लघुवित्त ६.५४ प्रतिशतले घट्दा फरवार्ड माइक्रोफाइनान्स पनि ओरालो लाग्यो ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप र रिडी पावर परेका छन् ।


विश्व खबर 




















