काठमाडौ । टोकियो ओलिम्पिक गेम्सका कार्यकारी निर्देशक क्रिस्टोफ डुबीले कोभिड विरोधी उपायहरू बेवास्ता गरेमा खेलाडीहरूलाई सजाय दिइने बताए।
उद्घाटन समारोहमा किर्गिस्तान, ताजिकिस्तानका खेलाडीहरू र पाकिस्तानका झण्डा समातेका दुई खेलाडीले मास्क लगाएका थिएनन्।
डुबीले बिहानको आईओसी ब्रिफिङमा भने, ‘हामीले मास्क लगाउन किन महत्त्वपूर्ण छ भन्ने बुझाउन निरन्तर सन्देश दिइरहनुपर्नेछ।’
त्यस्तो सन्देश दिने काम हिजो पनि गरियो र भोलिका दिनमा पनि गरिरहने छौँ। यदि त्यस्तो व्यवहार गरियो भने त्यो सह्य हुने छैन र हामी कारबाही गर्ने छौँ। त्यस्तो स्थितिमा पुग्न नपरोस् भनेर हामीले सन्देश दोहोर्याउने काम गरिरहनेछौँ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















