काठमाडौं– नेविसंघले वैकल्पिक व्यवस्थाबिनै सुकुमबासी बस्ती हटाउने क्रममा सरस्वती आधारभूत विद्यालयमा डोजर चलाइएको घटनाप्रति आपत्ति जनाएको छ ।
प्रवक्ता सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा २१ वर्षदेखि सञ्चालनमा रहेको विद्यालय भत्किँदा २७५ विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा वैकल्पिक योजना बिना विद्यालय हटाइनु अत्यन्त संवेदनशील र आपत्तिजनक भएको नेविसंघको भनाइ छ ।
विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तत्काल वैकल्पिक स्थान, अस्थायी कक्षा, शैक्षिक सामग्री र शिक्षक व्यवस्थापन सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।
साथै, सुकुमबासी तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा अवरुद्ध नहुने गरी आवास, पुनर्स्थापना र शिक्षालाई एकीकृत रूपमा सम्बोधन गर्ने दीर्घकालीन नीति आवश्यक रहेको पनि नेविसंघले जोड दिएको छ ।



विश्व खबर 




















