images
images
  • प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका सानुभाइ परे पक्राउ

    काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बझाङका २० वर्षीय सानु भाइ भन्ने साजन विष्टलाई पक्राउ गरेको हो।

    उनले फेसबुकमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न माग गरेका थिए।

    नभए प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुने र काठमाडौंमा एके ४७ जस्ता हतियार भित्रिएको भिडिओ हालेका थिए।

    यसरी भिडिओ हालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

    पाँच वर्षदेखि भारतमा बस्दै आएका उनी बैंगलोरस्थित एमजी रोडको एक फेन्सी स्टोरमा काम गर्थे।

    भारतमा पनि उनी अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images