images
images
  • एमाले प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई कसुरमा मुद्दा दर्ता

    काठमाडौं- नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

    एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो ।

    प्रहरी वृत्त सातदोबाटाले गरेको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो ।

    मुगुको सोरु गाउँपालिका–१० धैनकोट घर भएका ५२ वर्षीय मल्लले आफूमाथि बलात्कार गरेको पीडित महिलाको भनाइ छ ।

    ती महिलाका अनुसार उनी गीत गाउने काम गर्दै आएकी थिइन् ।

    सोही क्रममा एक साथीमार्फत २०८० को कात्तिकमा मल्लसँग चिनजान भएको उनको भनाइ छ ।

    त्यसपछि १२ चैत २०८० मा एकछिन भेटौं भनेर बोलाएको तर सुरुमा आफूले इन्कार गरेको उनको भनाइ छ ।

    मल्लले केही हुँदैन भन्दै सम्झाएपछि भेट गरेको महिलाले बताएकी छिन् ।

    खाजा खाएकै होटलको कोठामा मल्लले आफूलाई जबरजस्ती करणी गरेको महिलाको दाबी छ ।

    त्यसयता दुई वर्षसम्म निरन्तर जबरजस्ती करणी गरेको उनले बताएकी छिन् ।

    यौन सम्पर्कबाट पेटमा गर्भ बसेको तर उनैले २ असार २०८२ मा गर्भपतन गर्न लगाएको महिलाले बताएकी छिन् ।

    त्यसपछि उनले आफूलाई मानसिक यातना दिने गरेको, उजुरी गरे ज्यान मार्नेसम्मको धम्की दिएको महिलाले बताएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images