काठमाडौं- गुण्डागर्दीमा संलग्न आरोपमा प्रहरीले निरे भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका-३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले पौडेलमाथि अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल मिलन चक्रे समूहमा रहेर गुण्डागर्दीमा संलग्न रहेको आरोप छ ।
यसअघि उनीविरुद्ध हातहतियार, ज्यान मार्ने उ्रद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो ।
अहिले उनी सातौं मुद्दामा पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















