काठमाडौं- कारागारबाट फरार भएका २५ वर्ष सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ४२ वर्षीय सन्तोष भनिने यज्ञकुमार सापकोटा छन् ।
उनलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
२ चैत २०७७ मा बल्खुमा ३२ वर्षीया सन्तोषी श्रेष्ठलाई हम्मर प्रहार गरी हत्या गरेको घटनामा सापकोटा दोषी ठहर भएका थिए ।
काठमाडौं जिल्ला अदालतले २९ भदौ २०७८ मा उनलाई जन्म कैद अर्थात २५ वर्ष कैद सजाय सुनाएको थियो ।
कैद भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनको क्रममा २४ भदौमा सुन्धारा कारागारबाट फरार भएका थिए ।
ललितपुरको हरिसिद्धबाट पक्राउ परेका उनलाई कैद भुक्तानका लागि सुन्धारा कारागार पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















