काठमाडौं- नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।
ट्राफिक नियम उल्लंघन गरी फुटपाथमा पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीले चिट काटेको हो ।
चिट काटिएकोबारे नेपाल प्रहरीले आफ्नो अफिसल फेसबुक पेजमार्फत समेत जानकारी दिएको छ ।
प्रहरीले आफ्नो भ्यान फुटपाथमा पार्किङ गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित पोस्ट भएको थियो ।
उक्त पोस्ट भाइरल बनेपछि ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने उक्त भ्यानको पहिचान गरेर चिट काटेको हो ।
प्रतिक्रिया दिनुहोस्






















