images
images
  • प्रधानमन्त्री बालेन शाहको र्‍याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी

    काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को र्‍याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ ।

    पूर्व सभासद् सुनिलबाबु पन्तले ब्यूरोमा उजुरी दिएका हुन् ।

    शाहले ‘रअ बार्ज’ मा गरेको ब्याटल युट्युबबाट हटाउनु पर्ने पन्तले निवेदनमा उल्लेख गरेका छन् ।

    उजुरीमा शाहले सो ब्याटलमा अश्लीलता प्रदर्शन गरेको दाबी गरिएको छ ।

    पूर्वसभासद् पन्तले दिएको उजुरीमाथि अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले बताए ।

    उनले भने, ‘हाम्रो प्राविधिक टिमले हेरिरहेको छ ।’

    र्‍याप ब्याटलमा गाएको १२ वर्षअघिको गीत आपत्तिजनक रहेको उजुरकर्ता पूर्व सभासद् पन्तले बताए ।

    र्‍याप ब्याटलमा प्रधानमन्त्री शाह सहितका युवाहरूले एक अर्कालाई छक्का र बलात्कार जस्ता शब्द प्रयोग गरेका छन् ।

    केही दिन अघि प्रधानमन्त्रीलाई अश्लील गाली गरेको आरोपमा एक युट्युबर पक्राउ परेपछि व्यङ्ग्य स्वरुप सो ब्याटललाई धेरैले सेयर गरेका थिए ।

    सो गीत रिर्फेस भएर भाइरल भइरहेको र १ करोड ५० लाखले हेरेको हुनाले पन्तले सो गीत युट्युबाट हटाउन माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images