images
images
  • प्रहरीको फाइल ट्रयाकिङ्ग सिस्टम : ६ महिनामा ३० हजारसँग फोन सम्पर्क

    काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले ६ महिना पहिलेदेखि नै फाइल ट्रयाटिङ्ग सिस्टम लागू गरिएको जनाएको छ ।

    शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले २०८२ असोजपछि फोन, म्यासेज र इमेलमार्फत फाइल ट्रयाकिङ्ग गरिएको बताए ।

    फाइल ट्रयाकिङ्ग सिस्टम डेभलप गरेर ३० हजार ६ सय पटक फोन सम्पर्क, १७ सय म्यासेज र १५ सय ५० पटक इमेल गरेर उजुरकर्तासँग सम्पर्क स्थापित गरिएको बताए ।

    उनले भने, ‘पीडितहरूसँग फलोअपका लागी हामीले फोन, म्यसेज र इमेलमार्फत सम्पर्क गरेका छौँ ।’

    बैङ्किङ कसुर, बकपत्र, चालचलन, मानिस हराएको निवेदन, शान्ति सुरक्षा र घरेलु हिंसा जस्ता समस्याको जुरीमा फाइल ट्रयाकिङ्ग सिस्टम विकाश गरिएको भट्टराईले बताए ।

    त्यस्तै, क्युआर मार्फत गुनासो र सुझाव संकलन गर्न लागिएको उनले जानकारी दिए ।

    जिल्ला प्रहरी परिसर काठमाडौंमा ६ महिनामा ८३ हजार ५४० जना सेवाग्राहीले सेवा लिएका छन् ।

    सेवाग्राहीका लागी सहजीकरण गर्न नागरिक सहजकर्ता परिचालन गरिएको भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images