काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजश्वी शेरचन बहुमतले निर्वाचित भएकी छन् ।
समितिमा भएको प्रतिस्पर्धामा रास्वपाकी शेरचन र नेकपा (एमाले)का सांसद गुरु बरालबीच प्रतिस्पर्धा भएको थियो । बैठकमा शेरचनले बहुमत प्राप्त गर्दै विजयी भएको घोषणा गरिएको हो ।
समितिमा मत गणना नगरी बहुमत र अल्पमतको आधारमा निर्णय गरिएको थियो । हाल उक्त समितिमा रास्वपाको एकल बहुमत रहेको बताइएको छ ।
एमाले सांसद बराललाई नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्छी (नेकपा)का सांसदहरूको समर्थन भए पनि आवश्यक बहुमत जुटाउन नसकेपछि उनी पराजित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















