images
images
  • उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त विरूद्ध भ्रष्टाचार मुद्दा, १० करोड बढी हिनामिनाको आरोप

    काठमाडौं- काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    उनीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा रकम हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो।

    अख्तियारले श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images