काठमाडौं- नेपाली सेनाले बिरामी भएका विदेशी नागरिकको उद्धार गरेको छ।
मंगलबार लाङटाङ राष्ट्रिय निकुञ्जमा भ्रमणको क्रममा गोसाईंकुण्ड गाउँपालिका-४, रिभरसाइड इलाकामा अलपत्र परेका विदेशी नागरिकलाई नेपाली सेनाको श्रीनाथ गण अन्तर्गत सुरक्षा गुल्म स्याफ्रुबेशिबाट खटिएको टोलीले उद्धार गरेको हो।
प्रतिक्रिया दिनुहोस्






















