images
images
  • सृजना केसी हत्या प्रकरण : ज्वाईं र अर्का भान्जा पनि पक्राउ

    काठमाडौं- पोखरामा भएको सृजना केसीको हत्या प्रकरणमा मंगलबार थप दुई जना पक्राउ परेका छन् ।

    पोखराको सभागृह चोक नजिकै केही दिनअघि केसीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

    कास्की प्रहरीले यसअघि नै दुई जना मुख्य प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिसकेको थियो ।

    अनुसन्धान र बयानका आधारमा पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए।

    पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल पोखरा ५ जिरो किलोमिटर बस्ने २४ वर्षीय बसन्त केसी र पर्वतको फलेवास नगरपालिका वडा नम्बर ९ घर भई हाल पोखरा १६ लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

    उनीहरू केसीका ज्वाईं र भान्जा नाता पर्ने बताइएको छ ।

    पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    यसअघि कुश्माका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो।

    चैत २५ गते बेलुका पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सभागृह चोक नजिकै रहेको शिवालय चोकमा उक्त घटना भएको थियो ।

    पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ ।

    सम्पत्ति विवादका कारण घटना भएको हालसम्मको अनुसन्धानले देखाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images