images
images
  • तारकेश्वरमा भएको सवारी दुर्घटनामा प्रहरी निरीक्षक घाइते

    काठमाडौं- राजधानीको तारकेश्वर नगरपालिका-८ स्थित डाँडागाउँमा भएको सवारी दुर्घटनामा परेर प्रहरी निरीक्षक (इन्स्पेक्टर) घाइते भएका छन् ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर अभय लामा दुर्घटनामा परेर घाइते भएको सोही कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए ।

    रामेछाप घर भएका उनी कार्यालयको काम सकेर गएराति फुटुङस्थित डेरामा जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

    उनले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको सुवेदीको भनाइ छ ।

    ट्रकको ठक्करबाट उनको टाउको, अनुहार, दुवै हातखुट्टा र छातीमा चोट लागेको छ ।

    उनको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको सुवेदीले जानकारी दिए ।

    दुर्घटना गराउने ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–५ घर भएका ३८ वर्षीय आइत राम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images