काठमाडौं- नेपाल प्रहरीले अनलाइन जोखिमबारे आम नागरिकलाई सचेत गराएको छ ।
आइतबार प्रहरीले सामाजिक सञ्जालमार्फत कसैलाई विश्वास गुर्नअघि सोच्नुपर्ने बताएको हो ।
चिनेको व्यक्ति,साथी,चिनजान वा अपरिचित जो कोहीबाट पनि अनलाइन जोखिम हुन सक्ने भन्दै सचेत गराएको हो ।
कसैसँग पनि गोप्य खालको फोटो नखिच्न तथा आदानप्रदान समेत नगर्न प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै कसैसँग पनि अपशब्द वा अश्लील कुराकानी (च्याट) नगर्न समेत आग्रह गरेको छ ।
कसैले दबाब, लोभ वा भावनामा पारेर अनुरोध गरेमा अस्वीकार गर्न एवं ट्रस्ट मी भनेर गरिएको म्यासेज भविष्यमा ड्यान्जरस हुनसक्ने भन्दै प्रहरीले सचेत गराएको हो ।
समस्या परेमा तुरुन्त नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत भनिएको छ।
प्रतिक्रिया दिनुहोस्






















