images
images
  • जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

    काठमाडौं- १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यानमा एक जना पक्राउ परेका छन् ।

    कुमाख गाउँपालिका-५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images