images
images
  • भरुवा बन्दुकसहित दुई जना पक्राउ

    काठमाडौं- उदयपुरमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् ।

    जिल्लाको बेलका नगरपालिका-६ वाबुङला सामुदायिक वनबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।

    इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images