images
images
  • सुन–चाँदीको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

    महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।

    यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ पुगेको छ, जुन शुक्रबार २ लाख ५४ हजार ५४५ रुपैयाँ रहेको थियो ।

    सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

    आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ ।

    शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले दैनिक रूपमा स्थानीय बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images