images
images
  • सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार ९चैत २७० सुन तोलामा २२ सय रुपैयाँले बढेको हो ।

    आजका लागि तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    हिजो दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर चार हजार ९६० रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन चार हजार ८७५ मा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images