काठमाडौं– बिहीबार सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ जम्मा ७ सय रुपैयाँ बढेको छ ।
गत बिहीबार २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ ।
अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो ।
हिजो प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८७५ रुपैयाँमा झरेको छ ।
गत बिहीबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















