images
images
  • बालेन सरकारले बढायो यातायातको भाडा (भाडादरसहित)

    काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

    यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो ।

    बढेको भाडादर आजैबाट लागू भएको छ ।

    अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ ।

    पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ ।

    तराईको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।

    विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो ।

    सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो ।

     भाडा दर :

    vada 1 page 0001 vada 1 page 0002 vada 1 page 0003 vada 1 page 0004 vada 1 page 0005 vada 1 page 0006 vada 1 page 0007 vada 1 page 0008 vada 1 page 0009 vada 1 page 0010 vada 1 page 0011 vada 1 page 0012 vada 1 page 0013 vada 1 page 0014

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images