काठमाडौं– बालेन सरकारले सार्वजनिक यातायातको भाडा पुनः निर्धारण गरेको छ। इन्धन मूल्यमा आएको उतार–चढाव र अन्य आर्थिक सूचकलाई आधार मान्दै नयाँ भाडा दर तय गरिएको हो।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। मालवाहक सवारी साधनका लागि पनि भाडा समायोजन गरिएको छ। पहाडी मार्गमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराई मार्गमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ।
यातायात विभागका अनुसार इन्धन मूल्यको वृद्धि नै भाडा वृद्धिको मुख्य कारण हो। अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा यो नयाँ भाडा दर अनुसार शुल्क तिर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















