images
images
  • विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा बढेको बढ्यै

    काठमाडौं– इरान–अमेरिका युद्धविरामपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १३–१५५ घटेर क्रमशः ९५–९६ डलर प्रति ब्यारेलमा झरेको छ।

    तर नेपाल आयल निगमले उपभोक्तालाई तत्काल राहत नपाउने संकेत गरेको छ।

    निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, कच्चा तेल र प्रशोधित तेलको मूल्यमा हाल ठूलो अन्तर छ।

    डिजेलको मूल्य ३०० डलरसम्म पुगेको छ, जबकि सामान्यमा अन्तर २०–२५ डलर मात्र हुन्छ।

    सरकारी कर छुटले पेट्रोलमा १७ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ राहत दिन्छ, तर निगमको घाटा अझै ठूलो छ, पेट्रोलमा प्रति लिटर ३४ रुपैयाँ र डिजेलमा १२० रुपैयाँ।

    निगमले भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य सूचीको प्रतिक्षा गरिरहेको छ, त्यसपछि मात्र नेपालमा इन्धनको भाउ निर्धारण हुनेछ।

    पुरानो घाटा र प्रशोधित तेलको उच्च मूल्यका कारण, विश्व बजारको मूल्य घटबढको लाभ उपभोक्तासम्म तत्काल पुग्ने सम्भावना कम देखिन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images