images
images
  • ट्रम्पको धम्कीले डराएन इरान, स्ट्रेट अफ हर्मुज नखोल्ने अडान कायम

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ नखोले एकै रातमा ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

    तर इरानले भने उक्त जलमार्ग खोल्न अस्वीकार गर्दै अडानमा कायम छ ।

    रोयटर्सका का अनुसार, पाकिस्तानको मध्यस्थतामा आएको तत्काल युद्धविराम प्रस्ताव पनि इरानले अस्वीकार गरेको छ ।

    प्रस्तावमा हर्मुज खुलाउने र १५–२० दिनभित्र शान्ति वार्ता गर्ने उल्लेख थियो ।

    इरानले भने युद्धविरामभन्दा स्थायी सम्झौतामा जोड दिँदै १० बुँदे प्रस्ताव पठाएको छ, जसमा क्षेत्रीय द्वन्द्व अन्त्य, हर्मुजमा सुरक्षित आवतजावत, प्रतिबन्ध फुकुवा र पुनर्निर्माणका विषय समेटिएका छन् ।

    यसबीच ट्रम्पले समयसीमा सकिन लाग्दा इरानका पूर्वाधारमाथि आक्रमण गर्ने र ऊर्जा संरचना ध्वस्त पार्ने चेतावनी दोहोर्‍याएका छन् ।

    साथै, युद्धपछि इरानको तेल नियन्त्रणमा लिने दाबी पनि गरेका छन् ।

    हाल पाकिस्तान, इजिप्ट र टर्कीले ४५ दिने युद्धविराम गराउने प्रयास गरिरहेका छन्, तर सफल हुने सम्भावना कम देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images