काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष २०८३ पछि मात्रै चयन गर्ने भएको छ ।
यसका लागि सभापति गगन थापाले सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको नेतृत्वमा निर्वाचन समिति गठन गरेका छन् ।
समितिमा मुना भुसाल र राजु कटुवाल सदस्य छन् ।
समितिका संयोजक रसाइलीका अनुसार दलको नेता नयाँ वर्षपछि चयन गरिनेछ ।
हाल प्रतिनिधि सभामा ३८ सिटसहित प्रमुख प्रतिपक्षी बनेको कांग्रेसमा दलको नेताका लागि भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य र भरत खड्कालगायतको दाबी देखिएको छ ।
पार्टीभित्र शेरबहादुर देउवा र शेखर कोइराला समूहबीचको विवादपछि दुई धार देखिएका छन् ।
केसी एक समूहबाट र आङ्देम्बे अर्को समूहबाट बलिया उम्मेदवार मानिएका छन् ।
निर्वाचन समितिले भने सहमतिमै नेता चयन गर्ने प्रयास गरिरहेको छ, जसका लागि नेताहरूबीच अनौपचारिक छलफल पनि सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्






















