काठमाडौं– शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक–पटक भर्ना शुल्क नलिन निर्देशन दिएको छ ।
साथै, शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न पनि देशभरका विद्यालयलाई सचेत गराइएको छ ।
उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत ७५३ स्थानीय तहलाई यस निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न आग्रह गरिएको छ ।
केही विद्यालयले अग्रिम भर्ना, बढी शुल्क असुली र अस्वीकृत शीर्षकमा रकम लिएको गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।
शिक्षा नियमावली २०५९ अनुसार सत्र सुरु नभई भर्ना गर्न नपाइने व्यवस्था स्मरण गराउँदै मन्त्रालयले नियमविपरीत उठाइएको शुल्क तत्काल फिर्ता गर्न पनि निर्देशन दिएको छ ।
उल्लंघन गरेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















