काठमाडौं– सेयर बजारमा मंगलबार सामान्य गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक २.६१ अंकले घटेर २७५७.४० विन्दुमा अडिएको छ ।
यस दिन १ करोड ७४ लाख कित्ता किनबेच हुँदा कुल ६ अर्ब ७३ करोडको कारोबार भएको छ ।
यो कारोबारमा ८२ वटाको मूल्य बढ्दा १७५ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ ।
मंगलबार तीनवटा सेयरमा सकारात्मक सर्किट लागेको छ ।
भुजुङ खोला हाइड्रो, सुपर खुदी हाइड्रो र श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः प्रतिकित्ता ८४.७०, ७०.७० र ४०.३० रुपैयाँ कमाएका छन् ।
यी बाहेक रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको पनि सेयर ९.९९ प्रतिशतले बढेको छ ।
तर, एनआईबीएल ग्रोथ फन्ड भने ७.०८ प्रतिशतले घटेको छ ।
यसबाहेक झापा इनर्जी ३.९६, चिर्ख्वा हाइड्रोपावर ३.८३, अपर लोहोरे खोला हाइड्रोपावर ३.६६ र अभियान लघुवित्त ३.०८ प्रतिशतले घटेका छन् ।
कारोबारमा ङादी ग्रुप पावर अगाडि छ ।
यो कम्पनी र रिलायन्स स्पिनिङ मिल्सको २४ करोडको कारोबार भएको छ ।
यो नै आजको सर्वाधिक कारोबार हो ।
यस दिन विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार सूचक घट्दा वाणिज्य बैंक, होटल तथा पर्यटन, जलविद्युत् र अन्य समूह बढेको छ ।


विश्व खबर 




















