काठमाडौं– सरकारले पेट्रोलियम आपूर्तिमा समस्या देखिँदा आवश्यक परे जोर–बिजोर प्रणाली लागू गर्न सक्ने बताएको छ ।
मन्त्रिपरिषद् बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले थोक बिक्री नियन्त्रण र उच्च पदस्थहरूको इन्धन कटौती भइसकेको जानकारी दिइन् ।
उनले सरकारले ‘वर्क फ्राम होम’ र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गरेको पनि उल्लेख गरिन् ।
सरकारले दीर्घकालीन गाडी रूपान्तरणका लागि कानुनी व्यवस्था अघि बढाएको र इथानोल नीति तथा ईभी पूर्वाधार विकासमा तयारी भइरहेको उनले जानकारी दिइन् ।
मन्त्री रावलले सरकार पारदर्शी भएको र जनताको पीडा बुझ्ने समेत बताइन् ।
ऊर्जा बचत गर्न जनता संयमित बनुन्, सरकार आवश्यक कदम उठाउने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्






















