images
images
  • वाणिज्य बैंकहरुको नाफामा सुधार : ८ महिनामा ४३ अर्ब ८८ करोड कमाइ

    काठमाडौं– वाणिज्य बैंकहरुको नाफामा झिनो सुधार आएको छ ।

    चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा बैंकहरुले नाफामा सामान्य सुधार गरेका हुन् ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएका छन् ।

    जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ४३ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका थिए ।

    यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ६ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १४ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

    सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ ।

    यस बैंकले फागुनसम्म ४ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

    सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ वटाको मात्रै नाफा बढेको छ भने अन्य ११ बैंकको नाफामा गिरावट आएको छ ।

    662261284 1493192865202392 2451632694039384748 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images