images
images
  • बल्लबल्ल बढ्यो सुन–चाँदीको मूल्य (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ रुपैयाँले बढेको हो ।

    महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    यसअघि हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ५० हजार १७० रुपैयाँ कायम गरिएको छ ।

    सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य बढेको महासंघले जनाएको छ ।

    आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images