images
images
  • बिमितसँग नगद असुल्ने अस्पताललाई कडा कारबाही गरिने

    काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध बिमितहरूलाई औषधि खरिदमा नगद तिर्न लगाउने र सेवा प्रवाहमा भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    बोर्डले सोमबार सूचना जारी गर्दै केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमाको प्याकेजभित्रै पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरू बिमितलाई बाहिरका औषधि पसल वा आफ्नै फार्मेसीबाट नगदमा खरिद गर्न लगाएको व्यापक गुनासो आएको जनाएको छ ।

    बोर्डका अनुसार यस्तो कार्य स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) विपरीत हुने भन्दै यसो गरेको भेटिए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

    बोर्डले केही अस्पतालहरूले स्वास्थ्य बीमा मार्फत सेवा लिन आउने बिमितहरूलाई अग्रिम समय लिनुपर्ने बाध्यता गराएको र उनीहरू प्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    यस्ता गतिविधि नरोकेमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ बमोजिम स्वास्थ्य संस्थासँग गरिएको सम्झौता नै रद्द गर्ने चेतावनी बोर्डको छ ।

    666130737 1658544748617319 6517007804091096185 n NDCgH7E3IP

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images