images
images
  • सार्वजनिक बसमा पकेटमार गर्ने १ जना पक्राउ

    काठमाडौं- सार्वजनिक सवारी साधनभित्र यात्रुको भीडभाडको फाइदा उठाउँदै पकेटमारी गर्ने एक व्यक्तिलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ।

    आइतबार साँझ करिब पौने ७ बजेको समयमा गुडिरहेको भाडा बसभित्र यात्रुको खल्ती काट्दै गर्दा ती पकेटमार पक्राउ परेका हुन्।

    इमाडोल क्षेत्रमा गुडिरहेको बसमा यात्रुहरू कोचिएको मौका छोपेर शंकास्पद गतिविधि गरिरहेका ती व्यक्तिलाई ट्राफिक प्रहरी प्रभाग इमाडोलमा कार्यरत प्रहरी जवान अमर सिंह पुजाराले फेला पारेका थिए।

    ड्युटीकै क्रममा रहेका पुजाराले ती व्यक्तिको हाउभाउ र गतिविधिमा शंका लागेपछि तत्कालै पिछा गरेर नियन्त्रणमा लिन सफल भएका हुन्।

    सार्वजनिक सवारीमा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती दिने र धनमाल चोरी गर्ने ती व्यक्तिलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी प्रभाग इमाडोलमा बुझाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images