काठमाडौं- गुण्डागर्दी आरोपमा रेम्बो भनिने कोर्तु गुरुङ पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले गुरुङ पक्राउ परेको पुष्टि गरेको छ ।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























