images
images
  • बलेलाई पाँच दिन हिरासतमा राखिने

    काठमाडौं- कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।

    अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको जनाइएको छ ।

    बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिएर हिरासतमा राखेको हो ।

    अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेबाट बलात्कृत भएको भन्दै सामाजिक सञ्जाल ९फेसबुक०मा लेखेकी थिइन् ।

    सो स्ट्याटसपछि बलेले पीडित युवतीको परिवारलाई अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रहरीका अनुसार बलात्कारको भने अहिल्यसम्म जाहेरी परेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images