images
images
  • गुण्डा नाइके सानुभाइसँगै गुण्डागर्दी गर्ने अन्य १७ जना पनि पक्राउ

    काठमाडौं- गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रहरीले शुक्रवार रातिदेखि काठमाडौंमा गुण्डागर्दीबिरुद्ध अपरेशस सञ्चालन गरेको छ ।

    शुक्रवार राति प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    नुवाकोटको ककनी गाउँपालिका-५ घर भएर टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि पटक पटक पक्राउ गरेर छुटेका थिए ।

    सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

    ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले आठौँ पटक पक्राउ परेका हुन् ।

    अहिले उनी जेलमा रहेका समिरमान सिंह बस्नेत निकट मानिन्छन् ।

    २०७२ मा नुवाकोटमा हतियार सहित पक्राउ पर्दा उनी बुलेटप्रुफ ज्याकेटमा भेटिएका थिए ।

    २०७२ पुसमा प्रहरीले उनलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images